Prakash Adhikari December 2, 2022

वालिङ(स्याड.जा), १६ मङ्सिर । स्याङ्जा जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं.२ (क) मा नेपाली काँग्रेसका भोजराज अर्याल विजयी हुनु भएको छ ।

अर्यालले निकटतम प्रतिस्पर्धी नेकपा ९एमाले० का मोहन प्रसाद रेग्मीलाई दुई हजार ७ सय ३० मतान्तरले पछि पार्दै विजयी हुनु भएको हो ।
अर्यालले १५ हजार १ सय ६१ मत ल्याउनु भयो भने रेग्मीले १२ हजार ४ सय ३१ मत ल्याउनु भयो । रेग्मी गण्डकी प्रदेशसभाका निवर्तमान सदस्य समेत रहनु भएको छ । रेग्मी २०७४ सालमा सोही क्षेत्रबाट ३ हजार बढी मतान्तरले विजयी हुनु भएको थियो ।

विवादका कारण मतदान भएको १० दिन पछि यो क्षेत्रका मतगणना भएको हो ।

स्याङ्जा २ मा गल्याङ नगरपालिकाको वडा नम्बर ६ र ७ तथा भीरकोट नगरपालिकाको वडा नम्बर ५, ६, ७ र ८ र वालिङ नगरपालिकाका १,२,५,६,७ ८ ९,१०,११,१२,१३ र १४ नम्बर वडा पर्दछन् ।

Share Now

Leave a comment.