Prakash Adhikari December 4, 2022

काठमाडौं, १८ मंसिर(बीबीसी) । विश्वको सबैभन्दा महँगा सहरहरू न्यूयोर्क र सिङ्गापुर रहेको वार्षिक रूपमा सार्वजनिक गरिने इकोनोमिस्ट इन्टेलिजेन्स युनिट (इआईयू)को एक सर्वेक्षणले जनाएको छ।

त्यस्तो सूचीमा न्यूयोर्क पहिलोपटक सबैभन्दा माथि आएको हो।

गत वर्ष एक नम्बरमा रहेको तेल अभिभ अहिले तेस्रो नम्बरमा छ।

इआईयू सर्वेक्षणका अनुसार विश्वका ठूला सहरहरूको जीवन धान्न लाग्ने खर्च औसत ८.१ प्रतिशतले बढेको छ।

युक्रेन युद्ध र आपूर्ति शृङ्खलामा कोभिडले पारेको असर त्यसका कारण ठानिएका छन्।

महङ्गी बढ्ने कारण

मुद्रास्फिति ८६ प्रतिशतले बढेर इस्तानबुलमा महँगी उच्च छ भने ब्युनस एरिज र तेहरानमा त्यो क्रमशः ६४ र ५७ प्रतिशतले बढेको छ।

न्यूयोर्क सूचीको सबैभन्दा माथि रहनुमा अमेरिकामा बढेको उच्च महँगी एउटा कारण मानिएको छ।

अमेरिकामा महँगी ४० वर्षयताकै उच्च तहमा पुग्दा यो वर्षको सुरुमा लस एन्जलस र सान फ्रान्सिस्को समेत शीर्ष १० मा परेका थिए।

बलियो बनिरहेको अमेरिकी डलर समेत अमेरिकी सहरहरू अगाडि देखिनुका कारण हुन्।

मस्को र सेन्ट पिटर्सबर्ग ८८औँ र ७०औँ सूचीबाट क्रमशः ३७औँ र ७३औँ स्थानमा उक्लिएका छन्।

जसको आंशिक कारण रुसले युक्रेनमा गरेको आक्रमणपछि भएको पश्चिमा प्रतिबन्धलाई ठानिएको छ।

कसरी बन्छ सूची ?

उक्त सर्वेक्षणले १ सय ७३ सहरमा वस्तु र सेवामा हुने खर्चलाई अमेरिकी डलरमा तुलना गर्छ।

यो वर्षको समीक्षामा किएभलाई समावेश गरिएको छैन।

इआईयूले २ सय भन्दा धेरै वस्तु तथा सेवाका ४ सय भन्दा धेरै मूल्यलाई विश्वभरका १ सय ७२ सहरमा राखेर तुलना गरेको थियो।

यस अध्ययनको नेतृत्व गरेकी उपासना दत्तले युक्रेन युद्ध, रुसमाथिको पश्चिमा प्रतिबन्ध र चीनको शून्य कोभिड नीतिले ूआपूर्तिचक्रको समस्या सिर्जना गरेकोू जनाएकी छन्।

ूत्यो बढ्दो ब्याजदर, विनियम दरमा आएको परिवर्तनसँग जोडिएर विश्वभर जीवनस्तर धान्ने खर्चको सङ्कट बनेको,ू दत्त थप्छिन्।

उनका अनुसार इयुआई सर्वेक्षणमा १ सय ७२ सहरमा बढेको औसत मूल्यवृद्धि ूहामीले डिजिटल डेटा प्रयोग गरेको २० वर्षमा देखिको सबैभन्दा कडाू हो।

सन् २०२२ मा सबैभन्दा महँगा सहर

१. न्यूयोर्क, २.सिङ्गापुर, ३. तेल अभिभ, ४. हङकङ, ५. लस एन्जलस, ६. जुरिक, ७. जिनिभा, ८. सान फ्रान्सिस्को, ९. प्यारिस, १०. सिड्नी ११. कोपेनहेगन

सन् २०२२ मा सबैभन्दा कम महँगा सहर

१६१. कोलम्बो, १६२. बङ्गलुरु, १६ ३. अल्जिअर्स, १६४. चेन्नई, १६५. अहमदावाद, १६६. अल्मटी, १६७.कराची, १६८.तासकन्द , १६९. टुनिस, १७०. तेहरान, १७१. ट्रिपोली, १७२. दमास्कस

स्रोतस् इयुआई वर्ल्ड कस्ट अफ लिभिङ इन्डेस्क

 

Share Now

Leave a comment.