दोहा(कतार), १८ मंसिर । अष्ट्रेलियालाई एकका विरुद्ध दुई( १–२) गोलले हराउँदै अर्जेन्टिना फिफा विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
अर्जेन्टिनालाई जित दिलाउने क्रममा लियोनेल मेस्सी र जुलियान अल्भारेजले १र१ गोल गरे।
खेलको ३५ औं मिनेटमा अर्जेन्टिनाका लियोनेल मेस्सीले गोल गर्दै अग्रता दिलाएका थिए भने खेलको ५८ औं मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै टोलीको अग्रता दोब्बर पारेका थिए।
LIONELLLLL MESSSIIIIIIIIII MY GOATTTTTTT WORLD CUP KNOCKOUT GOALLLLLLL
Messi's 1000th. My GOAT. pic.twitter.com/ILjvmsKT5B
— ᴛʜᴇ ᴏɴᴇ 📦 (@Rufusnezer9) December 3, 2022
यद्यपि ७७ औं मिनेटमा इन्जो फर्नान्डेजको आत्मघाती गोलमा अष्ट्रेलियाले एक गोल उपहार पाएको थियो। यससँगै खेल २–१ को अवस्थामा पुगेको हो।
यसअघि २०१८ को विश्वकपमा अर्जेन्टिना अन्तिम १६ बाटै बाहिरिएको थियो। त्यतिबेला फ्रान्ससँग ४–३ गोल अन्तरमा पराजित भएको थियो।
२०१४ मा फाइनलमा पुगे पनि जर्मनीसँग पराजित भएको थियो। २०१० र २००६ मा क्वार्टरफाइनलसम्म पुगेको थियो। २००२ मा भने समूह चरणबाटै बाहिरिएको थियो।
१९७८ र १९८६ मा उपाधि जितेका अर्जेन्टिनाले त्यसपछि उपाधि थप्न सकेको छैन।
अब अर्जेन्टिना क्वार्टरफाइनलमा नेदरल्याण्ड्ससँग भिड्ने छ। यसअघि २०१४ मा पनि अर्जेन्टिना र नेदरल्याण्ड्स सेमिफाइनलमा भेट भएका थिए। टाइब्रेकरमा नेदरल्याण्ड पराजित भएको थियो।
शनिवार सम्पन्न पहिलो नक आउटमा अमेरिकालाई पराजित गर्दै नेदरल्याण्ड्स क्वर्टरफाइनलमा प्रवेश गरिसकेको छ।


















