Prakash Adhikari December 5, 2022

 

दोहा(कतार), १९ मंसिर । इंग्ल्यान्ड फिफा विश्वकप २०२२ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

सेनेगलमाथि ३ ० गोलको जित निकाल्दै इंग्ल्यान्ड अन्तिम आठमा पुगेको हो।

इंग्ल्यान्डले पहिलो हाफमै दुई गोल गरेको थियो। उसका लागि जोर्डन हेन्डर्सनले खेलको ३८ मिनेटमा पहिलो गोल गरेका थिए। उनले बेलिङघमको पासमा गोल गरेका थिए।

पहिलो हाफको इन्जुरी टाइमको तेस्रो मिनेटमा इंग्ल्यान्डले अग्रता दोब्बर पार्‍यो। यसपटक ह्यारी केनले गोल गरे। फिल फोडेनले उपलब्ध गराएको पासमा केन सफल भएका थए।

५७ मिनेटमा बुकायो साकाले इंग्ल्यान्डका लागि तेस्रो गोल गरे। साकालाई पनि फोडेनले नै पास दिएका थिए।

अफ्रिकी च्याम्पियन सेनेगललाई पराजित गरेसँगै इंग्ल्यान्डले अन्तिम आठमा प्रतिद्वन्द्वी साविक विजेता फ्रान्स पाएको छ। फ्रान्सले अन्तिम १६ को खेलमा पोल्यान्डलाई पाखा लगाएको थियो।

इंग्ल्यान्ड र फ्रान्सबीच सेमिफाइनल प्रवेशका लागि आगामी शनिबार भिडन्त हुनेछ।

 

Share Now

Leave a comment.