Prakash Adhikari December 8, 2022

 

विण्डहक(नामिबिया), २२ मंसिर । नामिबियामा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो चौंथो तथा अन्तिम खेलमा नेपाल स्कटल्याण्डसंग खेल्दैछ।

युनाइटेड क्रिकेट क्लब मैदानमा टस जितेर ब्याटिंग रोजेको नेपालले निर्धारित ५० ओभरको खेल ३५.३ ओभरमा गुमाउदै जम्मा १ सय १९ रन जोडेको छ ।

एक दिवसीय खेलमा नेपालले दिएको यो लक्ष्य सामान्य हो । राम्रो ब्याट्सम्यानले एक्लै पुर्याउन सक्ने स्कोर ।

आजको खेलमा नेपालका क्याप्टेन रोहित पौडेलबाहेक कसैको प्रदर्शन संझन लायक रहेन । खेलमा क्याप्टेन पौडेलले ४७, सोमपाल कामीले १६, दीपेन्द्र सिह ऐरीले १४,ललित राजवंशीले ११, पूर्वकप्तान ज्ञानेन्द्र मल्लले ९, आरिफ शेखले ६, गुल्शन झाले ५ तथा आशिफ शेख,हरिशंकर साह र सागर ढकालले एक एक रन जोडे ।

अहिले स्कटल्याण्डको इनिड. चलिरहेको छ र उसले ५.२ ओभरमा १ विकेटको क्षतिमा ४९ रन जोडेको छ ।

नेपालले आज अन्तिम एघारबाट कुशल भुर्तेललाई बाहिर राखेको थियो। भुर्तेलले अघिल्लो खेलमा ओपनिंग ब्याटिंग गरेका थिए। करन केसी र नन्दन यादव आज पनि बेन्चमा छन्।

नेपालको अन्तिम ११ मा क्याप्टेन रोहित पौडेल, अर्जुन साउद, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, आरिफ शेख, हरिशंकर शाह , दिपेन्द्र ऐरी, गुल्सन झा, सोमपाल कामी, ललित राजवंशी र सागर ढकाल रहेका थिए ।

सिरिज अन्तर्गत नेपालको नामिबियासंगको पहिलो खेल वर्षाका कारण नतिजाविहिन टुंगिएको थियो भने दोश्रो खेलमा स्कटल्याण्डसंग ३ विकेटले पराजित भएको थियो। तेश्रो खेलमा नेपाल नामिबियासंग ८६ रनले पराजित भएको थियो।

 

Nepal  (50 ovs maximum)
BATTING R B 4s 6s SR
Arjun Saud † c Coetzer b Sole 0 3 0 0 0.00
Aasif Sheikh  lbw b McMullen 1 9 0 0 11.11
Gyanendra Malla  lbw b McMullen 9 16 2 0 56.25
Rohit Paudel (c) c Cross b McBride 47 57 4 2 82.45
Dipendra Singh Airee  c Watt b Sharif 14 21 2 0 66.66
Aarif Sheikh  c Cross b Sharif 6 16 1 0 37.50
Harishankar Shah  lbw b Watt 1 4 0 0 25.00
Gulsan Jha  run out (Leask) 5 17 0 0 29.41
Sompal Kami  b Greaves 16 51 1 0 31.37
Lalit Rajbanshi  c Coetzer b Watt 11 15 0 0 73.33
Sagar Dhakal  not out 1 4 0 0 25.00
Extras (lb 4, w 4) 8
TOTAL 35.3 Ov (RR: 3.35) 119
Fall of wickets: 1-0 (Arjun Saud, 0.3 ov), 2-2 (Aasif Sheikh, 3.1 ov), 3-16 (Gyanendra Malla, 5.6 ov), 4-59 (Dipendra Singh Airee, 14.1 ov), 5-73 (Aarif Sheikh, 18.2 ov), 6-74 (Harishankar Shah, 19.2 ov), 7-87 (Gulsan Jha, 23.3 ov), 8-89 (Rohit Paudel, 25.1 ov), 9-115 (Sompal Kami, 34.1 ov), 10-119 (Lalit Rajbanshi, 35.3 ov)
BOWLING O M R W ECON WD NB
Chris Sole 8 2 21 1 2.62 1 0
Brandon McMullen 6 1 21 2 3.50 3 0
Safyaan Sharif 7 0 20 2 2.85 0 0
Mark Watt 9.3 0 36 2 3.78 0 0
Michael Leask 1 0 2 0 2.00 0 0
Christopher McBride 2 0 10 1 5.00 0 0
Chris Greaves 2 0 5 1 2.50 0 0
Share Now

Leave a comment.