Prakash Adhikari December 10, 2022

 

दोहा(कतार), २४ मंसिर । पाँच पटकको विश्व विजेता ब्राजिल लगातार दोस्रो पटक विश्वकपको क्वार्टरफाइनलबाट बाहिरिएको छ।
शुक्रबार भएको खेलमा ब्राजिल साविक उपविजेता क्रोएसियासँग पेनाल्टी सुटआउटमा पराजित भएको हो । यो संगै ब्राजिलको २२ औं विश्वकप यात्रा टुंगिएको छ।

निर्धारित समयमा गोलरहित भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा एक एक गोलको बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो।

पेनाल्टी सुटआउटमा ब्राजिललाई ४–२ ले पराजित गर्दै साविक उपविजेता क्रोएसिया सेमिफाइलनमा पुगेको हो।

यसअघि २०१८ को विश्वकपमा ब्राजिल बेल्जियमसँग २–१ ले पराजित हुँदै अन्तिम ८ बाटै बाहिरिएको थियो। विश्वकपको सुरुवातदेखि नै हरेक संस्करणमा सहभागिता जनाउने ब्राजिल एक्लो टोली हो।

विश्वकपको २२ औँ संस्करणसम्म आइपुग्दा ब्राजिल छ पटक क्वार्टरफाइनलमा सिमित बनेको छ। ब्राजिल दुई पटक समुह चरणबाटै बाहिरिएको छ । सन् १९३८ र १९७८ मा तेस्रो हुँदा १९५० र १९५८ मा उपविजेता बनेको थियो। १९७४ मा भने चौथो भएको थियो।

विश्वकपमा सफल टोली ब्राजिलले १९५८,१९६२, १९७०, १९९४ र २००२ मा विश्वकपको ट्रफी उचालेको छ।

ब्राजिलको हालको टोलीमा सर्वाधिक विश्वकप खेल्ने कप्तान थिएगो सिल्भा हुन्। उनले सन् २०१०, २०१४, २०१८ र २०२२ को विश्वकप खेलेका छन्।

पहिलो क्वार्टरफाइनलमा खेलमा क्रोएसियासंग पराजित भएपछि टोलीका मुख्य प्रशिक्षक टिटेले राजीनामा दिएका छन्। उनले टोलीका मुख्य फरवर्ड नेयमारले सन्यास लिने संकेत गरेका छन्।

 

Share Now

Leave a comment.