काठमाडौ, ११ चैत्र । एभरेस्ट इन्स्योरेन्सले आगाी बैशाख १० गते हुने साधारण सभाको लागि चैत्र २६ गतेदेखि बैशाख १० गतेसम्म बुक क्लोज हुने जनाएको छ ।
हकप्रद निष्काशनको बिशेष प्रस्ताव सहित कम्पनीले साधारणसभा डाकेको छ। कम्पनीको चैत्र ७ गते बसेको संचालक समितिको बैठकले आगामी बैशाख १० गते साधारणसभा डाकेको हो ।
साधारणसभामा इन्स्योरेन्सको पुंजी वृद्धि प्रस्ताव पेश हुने छ ।
कम्पनीले यस अघि बिमा समितिले तोकेको चुक्ता पुंजी पुर्याउन ६ सय प्रतिशत हकप्रद प्रस्ताव गरेको थियो । तर धितोपत्र बोर्डले कम्पनीलाई संस्थापक शेयरधनी नभएको र संस्थापक शेयरधनी कायम गरेर मात्र हकप्रद निष्काशन गर्न निर्देशन दिएको थियो ।
इन्स्योरेन्सले सोहि अनुसार संस्थापक शेयरधनी कायम गरेर चुक्ता पुंजी १ अर्ब पुर्याउने गरी प्रस्ताव पारित गर्न साधारणसभा डाकेको हो ।
हाल कम्पनीको चुक्ता पुंजी १२ करोड १५ लाख रहेको छ । कम्पनीले दश प्रतिशत बोनस प्रस्ताव गरेको छ । उक्त बोनसपछि कम्पनीको चुक्ता पुंजी पँजी १३ करोड ३६ लाख पुग्ने छ ।
त्यस पछि कम्पनीले १३ करोड ३६ लाख ५० हजार चुक्ता पूँजीको १स्१।०५ अर्थात १ सय पाँच प्रतिशत हकप्रद जारी गर्ने छ। यो संस्थापक हकप्रद शेयर हुनेछ । तर हाल कायम रहेका सदस्यहरुलाई नै बिक्रि गरिने हो ।
१०५ प्रतिशत हकप्रदपछि कम्पनीको चुक्ता पुंजी २७ करोड ३९ लाख रुपैयाँ पुग्नेछ भने कम्पनीमा संस्थापक तथा साधारण सेयरधनीको स्वामित्व ५१ स् ४९ प्रतिशत कायम हुनेछ ।
५१स्४९ शेयर स्वामित्व कायम भएपछि कम्पनीले पुन ३ सय प्रतिशत हकप्रद जारी गर्ने छ । ३ सय प्रतिशत हकप्रदपछि कम्पनीको चुक्ता पुंजी एक अर्ब ९ करोड ५९ लाख रुपैयाँ कायम हुनेछ ।