दोहा(कतार), २८ मंसिर । साबिक उपविजेता क्रोएसियालाई शून्यका विरुद्ध ३ गोलले हराउँदै अर्जेन्टिना फिफा विश्वकप २०२२ को फाइनलमा पुगेको छ।
कतारस्थित लुसैल स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले क्रोएसियामाथि ३–० को जित हात पारेको हो।
अर्जेन्टिनालाई जित दिलाउने क्रममा खेलको ३४ औं मिनेटमा कप्तान लियोनेल मेस्सीले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।
त्यस्तै खेलको ३९ औं र ६९ औं मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै खेल ३–० को अवस्थामा पु¥याएका थिए।
खेलमा थप गोल हुन नसकेपछि अर्जेन्टिनाले फाइनलमा आफ्नो स्थान पक्का गरेको हो।
अर्जेन्टिना यसअघि १८ वटा विश्वकपमा सहभागी भइसकेको छ। यो उसको लगातार तेह्रौं विश्वकप हो। दुई पटकको विश्वविजेता अर्जेन्टिना पछिल्लोपटक २०१४ मा फाइनलमा पुगेको थियो।
¡Argentina es una fiesta! 🇦🇷
📸 FIFA World Cup pic.twitter.com/1nVI3fBkt4
— Movistar Deportes (@MovistarDeporPe) December 14, 2022
विश्वकै नम्बर एक खेलाडी लियोनल मेस्सीको साथमा भने उसले विश्वकप जित्न सकेको छैन। कप्तान मेस्सीको यो अन्तिम विश्वकप हुने सम्भावना छ।
पछिल्लोपटक ३६ खेलसम्म अपराजित अर्जेन्टिना विश्वकपको पहिलो खेलमा साउदीसँग अनपेक्षित हार हुँदा कीर्तिमानबाट चुकेको थियो। तर त्यसपछिका खेलमा अर्जेन्टिनाले लगातार सुधार गरिरहेको छ।
क्वार्टरफाइनलमा पनि नेदरल्यान्ड्सविरुद्ध २–० को अग्रता बनाइसकेको थियो। तर अन्तिम १० मिनेट सम्हालिन नसक्दा खेल बराबरीमा पुग्यो र जितका लागि पेनाल्टीको सहारा लिनुपर्यो।
Our first #FIFAWorldCup finalist!
Congratulations to @Argentina, who are through to their sixth @FIFAWorldCup Final 👏 pic.twitter.com/yWGU1gqiIV
— FIFA (@FIFAcom) December 13, 2022
त्यसअघि भने अर्जेन्टिनाले हरेक टोलीलाई २ गोल हानेको छ। समूह चरणको दोस्रो खेलमा मेक्सिकोलाई २–० ले हराएको अर्जेन्टिनाले अन्तिम खेलमा पोल्यान्डलाई पनि सोही अन्तरमा हराएको थियो। अन्तिम १६ मा अस्ट्रेलियालाई २–१ ले हराएको थियो।
पहिलो विश्वकपमै फाइनलमा पुगे पनि अर्जेन्टिनाले ४८ वर्षपछि मात्रै उपाधि जितेको थियो। १९७८ मा पहिलो उपाधि जितेको अर्जेन्टिनाले ८ वर्षपछि अर्को उपाधि थप्यो।
त्यसलगतै फेरि फाइनलमा पुगे पनि साविक उपविजेता जर्मनीसँग हारेको थियो। त्यसपछि २०१४ मा विश्वकपमा स्थान बनायो तर पूरानै टोली जर्मनीले उपाधि यात्रामा धक्का दिएको थियो। १९९० पछि भने अर्जेन्टिना दोस्रोपटक फाइनलमा पुगेको हो।
Argentina got its payback vs Croatia in the FIFA World Cup 😤🇦🇷 pic.twitter.com/BrULYvVxrV
— FOX Soccer (@FOXSoccer) December 13, 2022


















