Prakash Adhikari December 17, 2022

काठमाडौं, २ पौष । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक भोलि पौष ३ गते आइतबार दिनको ३ बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, ललितपुरमा बस्ने भएको छ ।

नेपाली कांग्रेसका मुख्य सचिव कृष्ण पौडेलले दिनुभएको जानकारी अनुसार उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको अनिवार्य उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ ।

मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनको सम्पूर्ण परिणाम निर्वाचन आयोगले राष्ट्रपति,उपराष्ट्रपति,प्रधानमन्त्री र प्रदेश प्रमुखहरुलाई बुझाई सकेकोले भावि सरकार गठनका सम्बन्धमा छलफल हुने अनुमान गरिएको छ ।

निर्वाचनको सबै परिणाम प्राप्त भएपछि सत्तारुढ गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको बोली फेरिन थालेको छ । एमालेसंग नजिकिने घुर्की लगाएर कांग्रेससंग बार्गेनिड. गरी प्रधानमन्त्री खाने दाउमा लागेकोले कांग्रेसभित्र अहिले भावि सरकारका बारेमा विभिन्न मतहरु सतहमा आएका छन् । व्यक्ति व्यक्तिका महत्वाकांक्षा, पार्टीभित्र उत्पान्न अनेक मत र पद केन्द्रित व्यक्तिवादी सोंचले गठबन्धनमा नियन्त्रण राख्ने कांग्रेसको सामाथ्र्य कमजोर बन्दै गएको छ ।

Share Now

Leave a comment.