काठमाडौं, ४ पौष । नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक आज बस्ने भएको छ । बैठकले संसदीय नेताको चयन गर्ने कार्यक्रम रहेको छ।
प्रतिनिधिसभा प्रत्यक्षतर्फ मात्र १० सिट जितेको एकीकृत समाजवादीको बैठक दिउँसो १ बजे मिनभवनस्थित पार्टी कार्यालयमा बस्ने छ ।
बैठकले संसदीय दलको नेतामा पार्टी अध्यक्ष माधवकुमार नेपाललाई चयन गर्ने निश्चित जस्तै छ।
समानुपातिकतर्फ कूल सदर मतको ३ प्रतिशत थ्रेसहोल्ड कटाउन नसक्दा राष्ट्रिय दलको मान्यता पाउन नसके पनि प्रत्यक्षतर्फबाट न्यूनतम १० सांसद जितेकाले एकीकृत समाजवादीले संसदभित्र संसदीय दलको कार्यालय र प्रमुख सचेतकको सुविधा पाउनेछ।


















