Prakash Adhikari December 22, 2022

काठमाडौं, ७ पौष । क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि कारागार चलान गर्ने जिल्ला अदालतको आदेश विरुद्धको पुनरावेदन मुद्दामा आज (बिहीबार) पेशी तोकिएको छ।

नबालिकासंगको यौनदूराचार मुद्दामा जेल चलान भएका लामिछानेका कानुन व्यवसायीले गत मंसिर २९ गते दर्ता गरेका मुद्दाको पेशी आजका लागि तोकिएको हो।

पीडित भनिएकी किशोरीको २ वटा जन्मदर्ताको कागज बोकेर कानुन व्यवसायी उच्च अदालत गएका हुन्। उच्चअदालतमा दिएको निवेदनमा किशोरीको उमेर १८ वर्ष माथि रहेको दाबी गरिएको छ।

थुनछेकको बहसका क्रममा सन्दीपका वकिलहरुले नाबालिग भनिएकी किशोरीको उमेर १८ वर्ष ३ महिना भइसकेकाले अभियोग नै गलत भएको तर्क गरे पनि अदालतले फैसला नहुन्जेल सन्दीपका लागि जेलको बाटो देखाएको थियो।

नाबालिगसंग यौन दूराचार गरेको आरोपमा जाहेरी परेपछि विश्वमा चर्चित नेपाली क्रिकेट स्टार सन्दीप लाई प्रहरीले गत असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रक्राउ गरी हिरासतमा राखेको थियो।

गौशाला प्रहरी बृत्तको हिरासतमा राखिएका उनले पटक म्याद थप गर्दै अदालतमा हाजिर हुँदा किशोरी नाबालिग नरहेको बताएका थिए।

सन्दीप र उनका वकिलले किशोरी नाबालिग नरहेको भन्ने तीनवटा प्रमाण नै पेश गरेका थिए। तर अन्तिम निर्णय नहुन्जेललाई अदालतले सन्दीपलाई पुर्पक्षका लागि जेल पठाएको हो।

अदालतमा मुद्दा दर्ता भएको भोलिपल्ट बयानका क्रममा सन्दीपले किशोरीको उमेर १८ वर्ष बढी रहेको प्रमाण पेश गरेका थिए।

त्यस्तै उनका वकिल मुरारी सापकोटाले पनि जन्मदर्ता, बसाइँसराइको प्रमाण पत्र र कक्षा ८ मा भर्ना हुँदाको विवरण इजलासमा पेस गरेका थिए।

उनले किशोरीको जन्म मिति २०६१ असार १८ गते भएको जन्मदर्ता, बसाइँसराइको प्रमाण पत्र र कक्षा ८ मा भर्ना हुँदाको विवरण पेस गरेका थिए।

जसमा किशोरीको उमेर १८ वर्षभन्दा बढी छ।

किशोरीको उमेर १८ बर्षभन्दा बढी भए सन्दीपले सफाई पाउन सक्छन् । अन्नपूर्णा राणाको अंशसम्बन्धी मुद्दामा उहाँको कौमार्य परीक्षणसहित माग गरिएकोमा अदालतले सहमतिमा भएको यौनसम्बन्धलाई अपराध मान्न नसकिने भन्दै फैसला गरेको थियो । परिस्थितिजन्य प्रमाणहरुले नाम नखुलेकी बालिका र नेपाली क्रिकेट स्टार सन्दीपको यौनसम्बन्ध सहमतिमा रहेको देखिन्छ ।

Share Now

Leave a comment.