काठमाडौं,७ पौष । नेकपा माओवादी केन्द्र संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वसम्मत चयन हुनुभएको छ।
सिंहदरबारमा बसेको संसदीय दलको बैठकबाट प्रचण्ड सर्वसम्मत दलको नेता चयन भएको हो । दलको प्रमुख सचेतकमा हितराज पाण्डे चुनिनुभएको छ ।
यस्तै राष्ट्रियसभा दलको नेतामा नारायणकाजी श्रेष्ठ चयन हुनुभएको छ।
माओवादी केन्द्रमा ३२ सांसद छन् । संसदीय दलको बैठक अघि माओवादी पदाधिकारी बैठक बसेको थियो ।
बैठकमा सत्तासमीकरण, आगामी रणनीतिलगायत विषयमा छलफल भएको थियो ।


















