Prakash Adhikari December 22, 2022

 

काठमाडौं, ७ पौष । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको सब भेरियन्ट बीएफ–७ नेपालमा अहिलेसम्म नभेटिएको बताएको छ ।

मन्त्रालयले आज .(पौष ७ गते) एक विज्ञप्ति जारी गर्दै उक्त सब भेरियन्ट नभेटिए पनि सतर्कता अपनाउन भने आग्रह गरेको छ ।

मन्त्रालयलका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले एक विज्ञप्ति जारी गर्दै छिमेकी मुलुकहरुमा पछिल्लो समय संक्रमण तीव्र रुपमा बढीरहेकोले सचेत हुन आग्रह गर्नुभएको छ ।

कोभिड १९ को जोखिमलाई ध्यानमा राख्दै मन्त्रालयले मास्क लगाउन, भौतिक दूरी कायम राख्न तथा व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन सबैमा अनुरोध गरेको छ ।

Share Now

Leave a comment.