Prakash Adhikari March 26, 2018

 

नेपालगञ्ज(बाँके),११ चैत्र । नेपाल बार एशोसिएसनले स्वतन्त्र न्यायपालिकाको लागि कुनै पनि प्रकारको दवाव र प्रभाव अनुचित हुने निश्कर्ष निकालेको छ ।

आइतबार सम्पन्न बारको राष्ट्रिय सम्मलेनले सो निश्कर्ष निकालेको हो ।

https://drive.google.com/open?id=1neJne2lXUk4jglObCeNVqUdD6fF5YMf5

सम्मेलनपछि जारी २८ बुँदे घोषणा पत्रमा नेपालभरका प्रतिरक्षी वकिलहरुको संस्था नेपाल बारले न्यायालयमा भैरहेको भ्रष्टाचारको विषयमा पनि स्पष्ट बोलेको छ । घोषणा पत्रमा निश्चित न्यायाधीश, कर्मचारी, कानुन व्यवसायी र बिचौलियाको मिलेमतोमा भइरहेको भ्रष्टाचार निमूल पार्न माग गरिएको छ ।

बारले भ्रष्टाचार रोक्न सिर्जना गरिएका विद्यमा संयन्त्रलाई प्रभावकारी बनाउन प्रधानन्यायाधीश, न्याय परिषद्, न्याय सेवा आयोग र कानुन व्यवसायी परिषद्सँग माग गरेको छ ।

घोषणा पत्रमा भनिएको छ, न्यायापालिकामा रहेको भ्रष्टाचारको अन्त्यका लागि आवश्यक कानुनी तथा संरचनागत उपायहरु आवलम्बन गर्न प्रधानन्यायाधीश लगायतको यो सम्मेलन ध्यानाकर्षण गराउँछ ।’

बार सम्मेलनले गोला प्रणालीबाट मुद्दाको पेशी तोक्न माग गरेको छ । अहिले मुद्दाको पेशीलाई लिएर पटक पटक विवाद भएको भन्दै बारले सबै अदालतमा यो लागू गर्न भनेको हो ।

साथै न्यायाधीशहरुको सम्पत्ति विवरण सार्वजनिक गर्न, अन्तरिम तथा अन्तरकालीन आदेशको कार्यविधि नै बनाएर लागू गर्न पनि सम्मेलनले माग गरेको छ ।

Share Now

Leave a comment.