हलिउड्, क्यालिफोर्निया(संयुक्त राज्य अमेरिका), १२ चैत्र । अमेरिकी वयस्क चलचित्रकी अभिनेत्री स्टोर्मी ड्यानियल्सले उनलाई सन् २००६मा डोनल्ड ट्रम्पसँग भएको भनिएको यौन सम्बन्धबारे चुपचाप रहन भनिएको बताएकी छिन्।
वास्तविक नाम स्टेफेनी क्लिफोर्ड रहेको ती अभिनेत्री नायिकाले अमेरिकी टेलिभिजन सीबीएस न्यूजलाई बताएअनुसार सन् २०११मा लास भेगसको एक कार पार्किङ क्षेत्रमा एक पुरूषले ट्रम्पसँगको सम्बन्धबारे चुप रहन भनेका थिए।
उनका अनुसार ती पुरूषले ‘ट्रम्पलाई एक्लै छोडिदिनु’ भन्दै उनको छोरी भएतिर हेर्दै भनेका थिए, ‘यिनकी आमालाई केही भइहाल्यो भने त्यो लाजमर्दो हुनेछ।’
तर ट्रम्पले ती अभिनेत्रीसँग कुनै सम्बन्ध भएको भन्ने आरोप अस्वीकार गर्दै आएका छन्।
ट्रम्पका वकीलहरूले चाहिँ ती अभिनेत्रीले सन् २०१६को राष्ट्रपतीय चुनावअघि भएको सबै कुरा गोप्य राख्नेबारेको एक सहमति भङ्ग गरेबापत ड्यानियल्सले २ करोड डलर तिर्नुपर्ने माग गरिरहेका छन्।
‘यौन सम्पर्क’
ड्यानियसल्स (स्टेफेनी क्लिफोर्ड) का अनुसार ट्रम्पसँग उनको एकपटक यौन सम्पर्क भएको थियो।
म शिशु छोरीसँग कार पार्किङ गर्ने ठाउँमा थिएँ। म फिटनेस क्लासमा जाँदै थिए। त्यतिबेला एउटा पुरूष म नजिकै आए भने ट्रम्पलाई एक्लै छोडिदिनू। त्यो कथा बिर्सिदिनू। त्यसपछि उनले मेरो छोरीतिर हेर्दै भने मलाई केही भयो भने लाजमर्दो हुनेछ। त्यसपछि उनी गए
स्टेफेनी क्लिफोर्ड , स्टोर्मी ड्यानियल्स नामले चिनिने वयस्क अभिनेत्री
ट्रम्पको सन् २००५ मा मेलानिया ट्रम्पसँग बिहे भएको थियो।
आइतवार साँझ प्रसारण हुने ‘सिक्स्टी मिनट शो’मा बोल्दै उनले एक म्यागाजिनलाई ट्रम्पसँगको सम्बन्धबारेको कथा भन्न जाँदै गर्दा ती पुरुषले चेतावनी दिएका थिए।
उनले भनिन्, “म शिशु छोरीसँग कार पार्किङ गर्ने ठाउँमा थिएँ। म फिटनेस क्लासमा जाँदै थिए। त्यतिबेला एउटा पुरूष म नजिकै आए भने ट्रम्पलाई एक्लै छोडिदिनू। त्यो कथा बिर्सिदिनू। त्यसपछि उनले मेरो छोरीतिर हेर्दै भने मलाई केही भयो भने लाजमर्दो हुनेछ। त्यसपछि उनी गए।
पछिल्लो आरोपबारे राष्ट्रपति ट्रम्पले केही बोलेका छैनन्।
सप्ताहअन्तमा ट्रम्प फ्लोरिडास्थित आफ्नो इस्टेट पुगेका थिए र उनी सोमवार वासिङ्टन आउने कार्यक्रम रहेको वासिङ्टन पोस्ट पत्रिकाले जनाएको छ।