Prakash Adhikari December 26, 2022

काठमाडौं, ११ पौष । नयाँ सरकारको गठनसँगै नेपालको शेयर बजार उकालो मार्ग समातेको छ ।

अर्थमन्त्रीमा विष्णु पौडेलको नाम आएसंगै शेयर लगानीकर्तामा उत्साह देखिएको हो । पौडेल अर्थमन्त्री रहदा शेयर बजारमा सबैभन्दा माथिल्लो विन्दुमा पुगेर कीर्तिमान कायम गर्ने गरेको छ ।

पछिल्लो समय निरन्तर रुपमा उतारचढाव भइरहेको धितोपत्र परिसूचक सोमवार एकाएक ५६.८६ अङ्क बढेर १९२४.०७ बिन्दुमा पुगेको छ ।

सोमबार २ सय ५० कम्पनीको ५६ लाख ५३ हजार कित्ता शेयरको किनबेचबाट २ अर्ब ९ करोड ७० लाख रुपियाँ बराबरको कारोबार भएको छ ।

यस दिन कारोबार रकममा पनि सुधार भएको छ । नेप्सेका १३ उपसमूहमध्ये अन्य उपसमूहको परिसूचक बाहेक सबै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये फाइनान्स उपसमूहको परिसूचक ६.५२ प्रतिशत बढेको छ ।

त्यसैगरी, जलविद्युत् उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक र लगानी उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ ।

अन्य उपसमूहको परिसूचक भने २.२९ प्रतिशत घटेको छ ।

Symbol Current Chng Chng %
1,319.68 42.81 3.35
3,415.42 152.05 4.66
1,556.03 95.19 6.52
2,743.44 61.19 2.28
2,039.30 100.09 5.16
57.28 2.29 4.17
9,318.71 256.05 2.83
5,036.31 139.88 2.86
4,363.55 118.81 2.80
13.42 0.24 1.82
7,653.00 257.62 3.48
1,480.23 -34.66 -2.29
1,864.84 56.56 3.13

यस दिन आधा दर्जनभन्दा बढी कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा गोर्खाज फाइनान्स, सृजनशील लघुवित्त, रिलायन्स फाइनान्स, धौलागिरी लघुवित्त, खप्तड लघुवित्त, हिमालयन पावर वार्टनर र घलेम्दी हाइड्रोको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै शिवश्री हाइड्रो,विन्ध्यवासिनी र युनियन हाइड्रोको शेयर कारोबार पनि सर्किट लेभलमा नै बढेको छ ।

 

Share Now

Leave a comment.