काठमाडौं, १२ पौष । नयाँ सरकारका उप तथा गृहमन्त्री रवि लामिछानेले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिइरहेको बेला उहाँको दोहोरो नागरिकता र राहदानीको मुद्दाका बारेमा सचेत गराउन राष्ट्रपतिको कार्यालय शीतल निवासअगाडि प्रदर्शन भएको छ।
गृहमन्त्रीको शपथग्रहण लिनुभएका रविसँग अमेरिकी पीआर र राहदानी रहेको उनीहरुको आरोप छ।
उहाँसंग अवैध नेपाली नागरिकता र राहदानी पनि भएको प्रदर्शनकारीले बताएका छन् ।
शपथ ग्रहण गरिरहेका गृहमन्त्री लामिछानेको विरोध गर्ने केही युवालाई प्रहरीले नियन्त्रणमा लिएर महाराजगञ्ज बृत्तमा राखेका थियो।
उपप्रधानमन्त्रीहरुको शपथग्रहण सकिएपछि उनीहरुले नाराबाजी थालेका थिए। नक्कली नागरिकता प्रकरणमा सर्वोच्चमासमेत मुद्दा चलिरहेका पात्र (रवि लामिछाने) गृहमन्त्रीको जिम्मेवारी दिएकोमा उनीहरुले आपत्ति जनाएका थिए।


















