Prakash Adhikari December 27, 2022

सानेपा(ललितपुर), १२ पौष । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७९ पौष २२ गते शुक्रबारका दिन दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, ललितपुरमा बस्ने भएको छ ।

नेपाली कांग्रेसका मुख्य सचिव कृष्ण पौडेलले दिुभएको जानकारी अनुसार बैठकमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन—२०७९ को समीक्षा र नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबाट भएको धोकाघडीका सम्बन्धमा छलफल हुनेछ ।

उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि मुख्य सचिव पौडेलले पार्टी सभापति शेरबहादुर देउवाको निर्देशानुसार अनुरोध गर्नुभएको छ ।

 

Share Now

Leave a comment.