Prakash Adhikari December 28, 2022

काठमाडौं, १३ पौष। नेपाली कांग्रेसको वागमती र गण्डकी प्रदेशसभा संसदीय दलको नेताको निर्वाचन सम्पन्न भएको छ । नेपाली कांग्रेसले दिएको जानकारी अनुसार बागमती प्रदेश संसदीय दलको नेतामा बहादुर सिंह लामा निर्वाचित हुनुभएको छ ।

बुधबार भएको निर्वाचनमा नुवाकोटबाट निर्वाचित लामाले मकवानपुरबाट निर्वाचित इन्द्रबहादुर बानियाँलाई पराजित गर्नुभएको हो।

मतगणनामा लामाले २१ मत पाउनुभयो भने बानियाँले १६ मत मात्र ।

गण्डकीको नेतामा सुरेन्द्रराज पाण्डे निर्वाचित

आजै सम्पन्न नेपाली कांग्रेसको गण्डकी प्रदेशसभा संसदीय दलको नेतामा सांसद सुरेन्द्रराज पाण्डे निर्वाचित हुनुभएको छ।

कांग्रेस संसदीय दलको कार्यालय नदीपुरमा भएको मतदानमा स्याड.जाका भोजराज अर्याललाई हराउँदै सुरेन्द्र निर्वाचित हुुनुभएको हो ।
मत परिणाम अनुसार पाण्डेले १८ मत पाउँदा अर्यालले ८ मत पाउनुभयो, १ मत बदर भएको छ ।
पाण्डे कांग्रेस सभापति शेरबहादुर देउवा पक्षधर हुनुहुन्छ भने अर्याल शेखर कोइराला पक्षका ।

दलको नेतामा ४ जना आकांक्षी रहे पनि गोरखा २(ख) बाट निर्वाचित केन्द्रीय सदस्य पाण्डे र स्याङ्जा २(क)बाट निर्वाचित अर्यालले मनोनयन दर्ता गर्नुभएको थियो।

पाण्डेको प्रस्तावक विन्दुकुमार थापा र समर्थक डा। टकराज गुरुङ, अर्यालको प्रस्तावक महेन्द्रध्वज जिसी र समर्थक पार्वती तामाङ थिए ।

गण्डकी प्रदेशसभामा कांग्रेसका २७ जना सांसद छन् । केन्द्रमा सत्ता समीकरण बदलिएसँगै गण्डकीमा पनि कांग्रेसको सरकार नबन्ने निश्चित भइसकेको छ ।

 

Share Now

Leave a comment.