पोखरा(कास्की), १७ पौष । हिमालय एअरलाइन्सको एयरबस ए३२० (एन–एएलभी) ले आज (पुस १७ गते) पोखरा अन्तर्राष्ट्रिय विमानस्थल (पीआईए) मा सफलतापूर्वक प्रदर्शनी उडान सम्पन्न गरेको छ।
अंग्रेजी नयाँ वर्ष २०२३ का दिन यो एअरलाइन्सले पहिलो ‘न्यारोबडी एयरक्राफ्ट’को ऐतिहासिक अवतरण पोखरा अन्तर्राष्ट्रिय विमानस्थल (पीआईए) मा गरेको छ।
नेपालको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल को उद्घाटन समारोहका लागि आज बिहान १ः११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट उडेको हिमालय एअरलाइन्सको जहाज १ः४४ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल मा अवतरण गरेको थियो।
हिमालय एअरलाइन्सको एअरबस ए३२०–२१४ पोखरामा अवतरण गर्ने पहिलो न्यारो बडीको जहाज बनेको छ।
पहिलो पटक नयाँ हवाई मैदानमा उत्रिएको यो विमान (एन–एएलभी)लाई पानीको फोहराको सलामी दिई स्वागत गरिएको थियो।
पोखरा विमानस्थलका उच्च अधिकारीहरूले हिमालय एअरलाइन्स् टोलीको नेतृत्व गर्ने विजय श्रेष्ठ, उपाध्यक्ष, प्रशासन र क्याप्टेन हाओ डी(उपाध्यक्ष, सञ्चालक) लाई स्वागत गरेका थिए।
सो विमान ३ः४४ बजे पोखराबाट उडान गरी ४ः१७ बजे काठमाडौंमा अवतरण गरेको थियो।


















