Prakash Adhikari January 2, 2023

 

कीर्तिपुर(काठमाडौं), १८ पौष । नेपाल टी २० लिग अन्तरगत आज भएको पहिलो खेलमा पोखरा एभेञ्जर्सले काठमाडौं नाइट्सलाई ५ विकेटले पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा टस जितेर फिल्डिड. रोजको पोखरा एभेञ्जर्सले काठमाडौं नाइट्सबाट १सय ६५ रनको लक्ष पाएको थियो ।

२० ओभरको निर्धारित खेलमा पोखरा एभेञ्जर्सले १९.४ ओभरमा ५ विकेटको क्षतिमा १ सय ६८ रन जोडेर काठमाडौंलाई पराजित गर्यो ।

पोखराका लागि सुमित महर्जनले ७६, उपल थरड.गाले ५८, कुशल मल्लले १४, आशिफ शेखले ७,सिद्धान्त लोहनीले ३ रनको योगदान गरे ।

Image

पोखरालाई रोक्न काठमाडौंका कमल ऐरीले ३ तथा अनिल खरेल र अविनास बोहराले एक एक विकेट लिए ।

यस पहिले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट खेल मैदानमा भएको खेलमा टस हारेर ब्याटिड.को निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरको खेलमा ४ विकेट गुमाउदै १ सय ६४ रन बनाएको थियो ।

Image

काठमाडौंको लागि एलेक्स ब्लेकले ६४, सुनाम गौतमले ५, भिरन्दीप सिंहले ३२,अजमुतुल्लाह ओमारजाईले ३ रन बनाए । खेलमा रायन बर्ल १० र लोकेश बम बलमा अविजित रहे

काठमाडौंलाई रोक्ने क्रममा पोखराका तुल थापाले २,प्रतिश जी.सी. र कुशल मल्लले एक एक विकेट लिए ।

Image

 

 

Share Now

Leave a comment.