Prakash Adhikari March 27, 2018

 

सानफ्रान्सिस्को(संयुक्त राज्य अमेरिका), १३ चैत्र । अध्ययन र कामको सिलसिलामा अमेरिकी महाद्धीपमा पुगेका नेपाल बुद्धिजीवीहरुको ज्ञान,सीप र अनुभव नेपालको विकासमा लगाउने उद्देश्यले एनआरएनएले आउदो जुन १६ र १७ मा सानफ्रान्सिस्कोमा आयोजना हुने भएको छ ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाज् र एनआरएनए अमेरिकाको संयुक्त पहलमा यो भेला हुन लागेको हो ।

भेलामा अमेरिका क्यानडा लगायत विश्वका विभिन्न देशमा कार्यरत वैज्ञानिक, प्राध्यापक, डाक्टर, इन्जिनियर, व्यवसायी, राजनीतिकर्मीहरुको सहभागिता रहने भएको छ ।

एनआरएन अमेरिकाज् क्षेत्रका संयोजक गौरी जोशीका अनुसार अमेरिकी महाद्धीपमा रहेका नेपाली बुद्धिजीविहरुको यो पहिलो भेला हो ।

एनआरएन अमेरिकाका अध्यक्ष डा केशव पौडेलले विदेशमा विज्ञता हासिल गरेका नेपाली वैज्ञानिक, बौद्धिक वर्गलाई नेपालको विकास र समृद्धिमा कसरी जोड्न सकिन्छ भनी यो भेला आयोजना गरिएको बताए ।

Share Now

Leave a comment.