Prakash Adhikari January 7, 2023

 

काठमाडौं, २४ पौष । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक एक आपसमा मर्जर भएर २७ पौषबाट एकीकृत कारोबार सुरु हुने भएको छ ।

दुवै बैंकलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले १७ पौष र कम्पनी रजिष्ट्रार कार्यालयले २१ पौषमा अन्तिम स्वीकृति दिइसकेका छन् ।

दुवै बैक गाभिएर बन्ने बैंक नेपाल इन्भेष्टमेन्ट मेगा बैंक हुने छ । पौष ७ गते सम्पन्न साधारण सभाले पनि दुवै बैंकलाई एक आपसमा मर्ज हुने प्रस्ताव पारित गरेको थियो ।

यसअघि इन्भेष्टमेन्ट र मेगा बैंकले मंसिर १३ गते एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा अन्तिम सम्झौता गरेका थिए । दुवै बैंक १००ः ९० अनुपातमा मर्ज भएका हुन् । अब मेगा बैंकका १०० कित्ता सेयरधनीले नेपाल इन्भेष्टमेन्ट बैंकको ९० कित्ता प्राप्त गर्नेछन् । हाल नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड रुपैयाँ छ भने मेगाको १६ अर्ब १२ करोड रुपैयाँ छ । मेगा बैंक ९० को स्वापमा मर्जर हुँदा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको चुक्ता पुँजी ३३ अर्ब हाराहारी पुग्नेछ ।

यता २७ पौषदेखि एकीकृत कारोबार हुने भएपछि डाटा माइग्रेशन गर्न दुवै बैंकको २५ र २६ पौषमा सबै सेवाहरु बन्द गरिने भएको छ ।

Share Now

Leave a comment.