काठमाडौं, २४ पौष । नेपालका लागि नयाँ चिनियाँ राजदूत छ्न सोङ आइतबार विहान काठमाडौं आइपुग्नुहुने भएको छ ।
परराष्ट्र मन्त्रालयका अधिकारी र चिनियाँ कार्यवाहक राजदूत वाङ्ग सिनले राजदूत सोङलाई स्वागत गर्ने कार्यक्रम छ।
सोङ गत डिसेम्बर २७ मा नेपाल आउने तय भएपनि कोरोनाका कारण आउन सक्नुभएको थिएन।
सोङ दक्षिण एसिया मामिलामा अनुभवी चिनियाँ कूटनितिज्ञ मानिनुहुन्छ। उहाँ यसअघि चिनियाँ विदेश मन्त्रालयमा एसियन अफेयर्स डिपार्टमेन्टका उपमहानिर्देशक हुनुहुन्थ्यो।
चारवर्षे कार्यकाल सकेर राजदूत होउ यान्छी बेइजिङ् फर्केको एक महिना पछि चिनियाँ विदेश मन्त्रालयले नेपालका लागि नयाँ राजदूतको चयन गरेको हो।


















