कीर्तिपुर(काठमाडौं), २४ पौष । नेपाल टी २० लिग अन्तरगत आज पहिलो क्वालिफायर खेल हुने भएको छ ।
खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने छ ।
आजको खेल लुम्बिनी अल स्टार्स र जनकपुर रोयल्सबीच हुने छ ।
लुम्बिनी अल स्टार्सले पहिलो चरणका १० खेलमध्ये ८ मा विजय हासिल गर्दै १६ अंकसहित क्वालिफायरमा छनोट भएको हो । ऊ अंक तालिकाको शीर्षमा रहेको थियो ।
त्यस्तै जनकपुर रोयल्स पहिलो चरणका १० खेलमा ७ खेलमा विजय हासिल गर्दै क्वालिफायर प्रवेश गरेको हो । उसले १४ अंक हासिल गरेको थियो ।


















