Prakash Adhikari January 8, 2023

 

काठमाडौँ, २४ पौष । शनिवार सम्पन्न भएको सर्वोच्च बार एशोसिएसनको ३४औँ नयाँ कार्यसमितिको निर्वाचनमा बृहत् लोकतान्त्रिक समूहबाट अध्यक्षमा वरिष्ठ अधिवक्ता हरिशंकर निरौला विजयी हुनुभएको छ ।

निरौलाले २ सय ८९ मत ल्याएर प्रगतिशीलबाट प्रतिस्पिर्धी वरिष्ठ अधिवक्ता तुलसी भट्टलाई १४ मतले पराजित गर्नुभएको थियो । भट्टले २ सय ७५ मत प्राप्त गर्नुभयो ।

यसअघि सर्वोच्च बारको अध्यक्षमा लोकतान्त्रिक समूहकै वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य हुनुहुन्थ्यो ।

 

घोषित परिणाम अनुसार उपाध्यक्षमा लोकतान्त्रिकका जगदीशप्रसाद पाण्डे, सचिवमा प्रगतिशीलका श्यामकुमार खत्री, सहसचिवमा लोकतान्त्रिकबाट सुजन लोप्चन र कोषाध्यक्षमा प्रगतिशीलबाट कपिलचन्द्र पोखरेल विजयी हुनुभएको छ । एक महिला सदस्यमा प्रगतिशीलबाट सिर्जना कँडेल विजयी हुनुभएको छ ।

सदस्यहरूमा लोकतान्त्रिक उत्तमराज पाठक, भीमप्रसाद ढकाल, रुपनारायण श्रेष्ठ, रेशमराज रेग्मी, रामबहादुर राउत, सुमनकुमार केसी विजयी हुनुभएको छ भने प्रगतिशीलबाट प्रभुजी पन्त, अनुपराज उप्रेती र देवी रेग्मी पोखरेल ।

सर्वोच्च बारको निर्वाचित कार्यसमितिको कार्यकाल २ बर्षको हुन्छ ।

Share Now

Leave a comment.

Your email address will not be published. Required fields are marked*