Prakash Adhikari January 8, 2023

काठमाडौं, २४ पौष । साताको पहिलो कारोबार दिन आइतबार नेपालको शेयर बजार उकालो लागेको छ । आज धितोपत्र बजार परिसूचकमा २०.५५ अंकले वृद्धि भई २१६४.४८ विन्दुमा रोकिएको छ ।

यस दिन बिहीबार २ सय ५९ कम्पनीको कारोबार हुँदा १ करोड ४१ लाख ९ सय ८८ कित्ता शेयरको किनबेचबाट ५ अर्ब ४५ करोड ९९ लाख २५हजार १ रुपैया १९ पैसा कारोबार भएको छ ।

यस दिन नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भई बर्गीकरणमा परेका १३ उपसमूह मध्ये १० वटाको उपपरिसूचक बढेका छन भने बैकिड.,उत्पादन प्रशोधन र माइक्रो फाइनान्स समूहको उपपरिसूचक घटेका छन् ।

 

Symbol Current Chng Chng %
1,383.45 -12.25 -0.88
3,824.74 19.22 0.51
1,865.51 36.06 1.97
3,407.20 130.46 3.98
2,480.17 53.86 2.22
69.39 1.28 1.88
11,062.36 468.98 4.43
5,545.62 -64.63 -1.15
4,994.02 -10.99 -0.22
14.45 0.42 3.01
9,445.13 321.56 3.52
1,582.20 15.36 0.98
2,398.32 57.67 2.46

यस दिन १ सय ३३ वटा कम्पनीको शेयरको भाउ बढ्यो भने ७१ वटाको घट्यो । ९ वटाको अघिल्लो कारोबार दिनकै स्तरमा अपरिवतनीय रह्यो ।

यस दिन खप्तड लघुवित्त,बाराही हाइड्रो,मनकामना स्मार्ट माइक्रो फाइनान्स,ड.ादी हाइड्रो, ग्लोबलआईएमई स्किम १, प्रभु लाइफ, आँधीखोला लघुवित्त, चन्द्रागिरि हिल्स, एनएलजी इन्स्योरेन्स र आदर्श लघुवित्तको शेयर मूल्य अधिक बढेको छ ।

 

Share Now

Leave a comment.