Prakash Adhikari January 9, 2023

 

काठमाडौँ, २५ पौष । ग्लोबल आईएमई बैङ्क र बैङ्क अफ काठमान्डुको एकीकृत कारोबार सोमबारदेखि सुरु भएको छ ।

मर्जरका लागि सम्पूर्ण प्रक्रिया पूरा गरेसँगे प्रधानमन्त्री पुष्पकमल दाहालबाट सोमबार बिहान एक कार्यक्रमबीच कारोबारको शुभारम्भ भएको हो ।

दुवै बैङ्कको सम्पूर्ण सम्पत्ति तथा दायित्व गाभिएपछि बन्ने संस्थामा सर्ने गरी दुवै संस्थाबाट सञ्चालन हुँदै आएका सम्पूर्ण वित्तीय कारोबार एकीकृत ढगले सोमबारदेखि ‘ग्लोबल आईएमई बैङ्क लिमिटेड’का नामबाट सुरु भएको छ ।

ग्लोबल आईएमई बैङ्कले बैङ्क अफ काठमान्डुलाई मर्ज गरेपछि मुलुककै ठूलो बैङ्क बनेको छ ।

मर्जरपश्चात् बैङ्कको कुल पुँजी ५७ अर्ब रुपियाँ चुक्ता पुँजी ३५.७७ अर्ब रुपियाँ, कुल निक्षेप ४ खर्ब, कुल कर्जा ३ खर्ब ७९ अर्ब रुपियाँ भन्दाबढी हुन गएको छ ।

ग्लोबल आईएमई बैङ्कमा योसहित ५ वटा वाणिज्य बैङ्क, १० वटा विकास बैङ्क तथा ६ वटा फाइनान्स कम्पनी समाहित भइसकेका छन् ।

 

Share Now

Leave a comment.