काठमाडौं, २६ पौष । प्रतिनिधिसभाको बैठक सरेको छ।
आज बिहान ११ बजे बस्ने भनिएको बैठक दिउँसो १ बजेलाई सारिएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभएको छ।
‘दलहरूको आन्तरिक तयारीका कारण बैठक दिउँसो १ बजेलाई सारिएको हो’, उहाँले भन्नुभयो।
आज प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने कार्यक्रम छ।
प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले सरकारलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा निर्णय लिन अहिले कार्य सम्पादन समितिको बैठक गरिरहेको छ।
यस पछि संसदीय दलको बैठक बसेर यसबारे निर्णय लिने छ ।


















