काठमाडौं, २६ पौष । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ।
संसद भवन नयाँबानेश्वरमा बसेको कांग्रेस कार्यसम्पादन बैठकले उक्त निर्णय गरेको सहमहामन्त्री महेन्द्र यादवले बताउनुभयो।
यादवले कार्य सम्पादन समितिले सर्वसम्म्त निर्णय भएको बताउनुभएको छ ।
तर बैठकमा दुई महामन्त्री तथा केन्द्रीय सदस्यद्वय अर्जुननरसिंह केसी र बलबहादुर केसीले यो निर्णयमा असहमति जनाउनु भएको थियो ।
कार्यसम्पादन समितिको बैठकले प्रचण्डलाई विश्वासको मत दिने सर्वसम्मत निर्णय गरेपछि अब संसदीय दलको बैठक बस्ने भएको छ।
उक्त निर्णयलाई अब संसदीय दलको बैठकले अनुमोदन गर्नेछ। कांग्रेसको यो बैठकपछि अब केही बेरमा संसद बस्ने तयारी भएको छ।
जहाँ प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनेछ। अब प्रचण्डको पक्षमा दुईतिहाइभन्दाबढी बहुमत हुने देखिएको छ।


















