Prakash Adhikari January 13, 2023

 

काठमाडौं,२९ पौष । पौष महिना उत्तरार्ध पुगेको बेला आज चार वाणिज्य बैंकसहित १८ वटा कम्पनीको साधारणसभा सम्पन्न हुँदैछ ।

एनआइसी एशिया बैंक, नेपाल बैंक,महालक्ष्मी विकास बैंक र माछापुच्छ्रे बैंकको साधारण सभा हुँदै छ भने शिवम् सिमेन्ट, नेपाल हाइड्रो पावर, हिमालयन पावर पार्टनर, आइसीएफसी फाइनान्स, कालिका पावर, श्वेत गंगा हाइड्रोपावर, सिद्धार्थ इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, आरएमडिसी लघुवित्त, एक्कर्ड फर्मास्यूटिकल्स, मञ्जु श्री फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स र सेन्ट्रल फाइनान्सको वार्षिक साधारणसभा सम्पन्न पनि आजै हुने भएको छ ।

माछापुच्छ्रे बैंकको २४ औं वार्षिक साधारणसभाले पनि आव २०७८र०७९ को वार्षिक प्रतिवेदन, कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग गाभ्नेरगाभिने लगायतका प्रस्ताव अनुमोदन गर्नेछ ।

महालक्षी विकास बैंकको २१ औं वार्षिक साधारणसभाले आव २०७८ ।७९ को मुनाफाबाट ४ प्रतिशत बोनस सेयर र ६ । ४७ प्रतिशत नगद लाभांश अनुमोदन गर्ने छ ।

नेपाल बैंकको ६२ औं वार्षिक साधारणसभाले आव २०७८र०७९ को मुनाफाबाट २ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांशको प्रस्ताव अनुमोदन गर्नेछ ।
यस्तै, नबिल बैंकको ३८ औं वार्षिक साधारणसभाले आव २०७८ । ०७९ को मुनाफाबाट १८.५० प्रतिशत बोन सेयर र ११.५० प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गर्नेछ ।

शिवम् सिमेन्ट्स लिमिटेडको सातौँ वार्षिक साधारणसभाले १०.५३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ ।

नेपाल हाइड्रो डेभलपर १६ औँ वार्षिक साधारणसभाले ०७८ ।०७९ को मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।

हिमालयन पावर पार्टनर लिमिटेडले १० औं वार्षिक साधारणसभाले लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण, वार्षिक प्रतिवेदन पारित गर्ने छ ।

आइसीएफसी फाइनान्सले सभाले आव २०७८ ।०८९ को मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।

कालिका पावर कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको आव २०७८ ।०७९ को मुनाफाबाट १५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश प्रस्ताव अनुमोदन गर्ने छ ।

श्वेतगंगा हाइड्रोपावर एण्ड कन्ट्रक्सनको छैठौं वार्षिक साधारणसभाले वार्षिक प्रतिवेदन पारिसत गर्नेछ ।

सिद्धार्थ इन्स्योरेन्सको २१ औँ वार्षिक साधारणसभासभाले ०७८।०७९ को मुनाफाबाट ९ प्रतिशत बोनस सेयर र०।४७३७ प्रतिशत नगद लाभांश पारित गर्ने र प्रिमियर इन्स्योरेन्ससँग मर्जरमा जाने प्रस्ताव पारित गर्नेछ ।

प्रिमियर इन्स्योरेन्सको २९ औँ वार्षिक साधारणसभाले ०७८ । ०७९ को मुनाफाबाट १४.२५ प्रतिशत बोनस सेयर ०।७५ प्रतिशत नगद लाभांश र सिद्धार्थ इन्स्योरेन्ससँग मर्जरमा जनो प्रस्ताव अनुमोदन गर्नेछ ।

आरएमडिसी लघुवित्तको नवौं वार्षिक साधारणसभाले आव २०७८। ०७९को मुनाफाबाट ८ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

एक्कर्ड फर्मास्यूटिकल्सको दोस्रो वार्षिक साधारणसभाले वार्षिक प्रतिवेदन पारित गर्नेछ ।

मज्जुश्री फाइनान्सको १५ औं वार्षिक साधारणसभाले लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण, वार्षिक प्रतिवेदन पारित, कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासंग गाभ्ने गाभिने लगायतका प्रस्ताव अनुमोदन गर्नेछ ।

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको २८ आँै वार्षिक साधारणसभाले ०७८ । ०७९ को मुनाफाबाट ४ प्रतिशत बोनस सेयर र ६.४७ प्रतिशत नगद लाभांश ०७८ ।०७९ को मुनाफाबाट २.४० प्रतिशत बोनस सेयर र ५.२० प्रतिशत नगद लाभांश अनुमादेन गर्ने छ ।
सेन्ट्रल फाइनान्सले २६ औं वार्षिक साधारणसभाले आव २०७८। ०७९ को मुनाफाबाट ५ नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।

एनआइसी एशिया बैंकको २५ औं वार्षिक साधारणसभा सम्पन्न भईसकेको छ । बैंकले होटल आनन्द, काठमाडौंमा बिहान ९ बजेदेखि सभा बोलाएको छ । बैंकले वार्षिक प्रतिवेदन लगायतका प्रस्ताव सभामा पेश भैसकेको छ ।

Share Now

Leave a comment.