Prakash Adhikari January 14, 2023

 

काठमाडौं, ३० पौष। प्राइम कमर्सियल बैंकको १५ औं वार्षिक साधारणसभा पौष २९ गते बिहिबार काठमाडौंमा सम्पन्न भएको छ ।

बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठको सभापतित्वमा सम्पन्नसभाले आर्थिक बर्ष २०७८र७९ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन पारित गर्‍यो ।

सञ्चालक समितिले सिफारिश गरे बमोजिम बैंकको चुक्ता पूँजीको ४.९५ प्रतिशत (चार दशमलव नौ पाँच प्रतिशत) का दरले नगद लाभांश र चुक्ता पूँजीको ४ प्रतिशतका दरले बोनस शेयर दिने निर्णय भएको छ ।

चुक्ता पूँजीको ४ प्रतिशतका दरले बोनस शेयर दिएपछि बैंकको चुक्ता पूँजी १९ अर्व ४० करोड भन्दा बढी हुनेछ ।

बैंकको नियमावली अनुसार उक्त सभाबाट संस्थापक शेयरधनीहरूकोतर्फबाट सञ्चालक पद ३ मा राजेन्द्रदास श्रेष्ठ, उदयमोहन श्रेष्ठ र नरेन्द्र बज्राचार्य र सर्वसाधारण शेयरधनीहरूकोतर्फबाट सञ्चालक पद २ मा प्रचण्डमान श्रेष्ठ र मनोज पौडेल निर्वाचित हुनुभएको छ ।

 

Share Now

Leave a comment.