Prakash Adhikari January 14, 2023

 

एडिलेड(अष्ट्रेलिया), ३० पौष । अष्ट्रेलियामा जारी बिग ब्यास लिग(बीबीएल)को एडिलेडमा भएको खेलले अष्ट्रेलियाभर रहेका नेपाली समुदायलाई निकै हर्षित ,रोमाञ्जित र गोरवान्वित बनाएको छ ।

टेष्ट क्रिकेटको विश्व वरियतामा शीर्षमा रहेको अष्ट्रेलियाको प्रतिष्ठित क्रिकेट प्रतियोगिता बीग ब्यास लिग(बीबीएल) अन्तरगत सोमवार एडिलेडमा भएको एडिलेड स्ट्याकर र मेलबर्न रेनेगेटसबिचको खेलमा व्याट फ्लिप गर्ने मौका एडिलेड नेप्लिज क्रिकेट एशोशियसनको तर्फबाट त्यसका अध्यक्ष बिजय जोशीलाई दिइएको थियो ।

बहुसांस्कृतिक मुलुक राष्ट्र अष्ट्रेलियाले विभिन्न क्षेत्रसहित क्रिकेटमा समेत समाजको विविधताको प्रतिनिधित्व गराउने प्रयास गर्दै आएको छ । साउथ अष्ट्रेलियन क्रिकेट एशोशियसन(शाका) को पहलमा विग व्यासको इतिहासमा नै पहिलो पल्ट बहुसांस्कृतिक समुदायलाई खेल प्रारम्भ हुनु अगाडिको व्याट फ्लिप गर्ने अवसर दिएको हो ।

अष्ट्रेलियामा नेपालीभन्दा सार्क क्षेत्रका अन्य मुलुकमा समुदाय ठूलो हुँदाहुँदै पनि नेपालीलाई अवसर दिनु गौरबको बिषय भएको एन्का अध्यक्ष विजय जोशीले बताउनुभएको छ ।

ब्याट फ्लिप गर्न जोशी शीरमा पाल्पाली ढाकाको टोपी सजाएर सयौ दर्शकहरुले भरिएको स्टीडियमको मैदानमा पुग्नुभएको थियो ।

यस अगाडि एन्का अन्तरगत क्रिकेट प्रशिक्षण लिइरहेका बालबालिकाहरुलाई समेत अन्तराष्ट्रिय खेल मैदानमा अभ्यास गर्न दिईएको थियो ।

जोशीले नेपाली बालबालिकाहरुले अन्तराष्ट्रिय खेल मैदानमा अभ्यासका लागि केहि समय प्राप्त गर्नाले खेलाडीहरुमा उत्साह थपेको समेत बताउनुभएको छ ।

Share Now

Leave a comment.

Your email address will not be published. Required fields are marked*