Prakash Adhikari January 15, 2023

काठमाडौं, १ माघ । नेपाल वायुसेवा निगमले आजदेखि इलाम जिल्लाको सुकिलुम्बा एअरपोर्टमा नियमित उडान थाल्ने भएको छ ।

निगमले दिएको जानकारी अनुसार हरेक आइतबार निगमको ट्वीनओटर जहाज काठमाडौंबाट इलाममा पुगेर त्यही दिन फर्कने छ ।

काठमाडौं इलाम उडानले इलामको चिया बगान, श्रीअन्तुको सूर्योदय,माइपोखरी लगायतका पर्यटकीय स्थल भ्रमण गर्न चाहने राजधानीबासी र पर्यटकहरुलाई सहज हुनाको साथै पाँचथर र इलामबाट राजधानी आउन चाहने सर्वसाधरणलाई पनि सहयोग पुग्ने निगमले विश्वास लिएको छ ।

कोरोनाबाट भर्खर तग्रदै गरेकोे नेपाल वायुसेवा निगममा युवराज अधिकारी कार्यकारी अध्यक्ष बनेर आएपछि यसले आन्तरिक तर्फ इलाममा नियमित सेवा विस्तार गरेको छ भने अन्तर्राष्ट्रियतर्फ पुराना सबै रुटहरु सञ्चालन गर्दै साउदी अरेबियाको रियादको नयाँ गन्तव्यमा नियमित उडान थालेको छ ।

निगमले आफ्नो बेडामा थपेका २ न्यारो बडी र २ वाइडबडीका जहाजहरुको साँबा र ब्याज पनि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई नियमित रुपमा बुझाउन थालेको छ ।

Share Now

Leave a comment.