Prakash Adhikari January 16, 2023

काठमाडौं, २ माघ । पोखराको सेती नदी खोंचमा हिजो भएको यती एअरलाइन्सको जहाज दुर्घटनामा दुःख व्यक्त गर्न सरकारले आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । आज सार्वजनिक बिदा पनि दिइएको छ ।

चालक दल ४ जना सदस्यसहित ७२ जना लिएर काठमाडौंबाट पोखराको लागि आइतबार उडेको यती एयरलाइन्सको नाइन एन एएनसी जहाज पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा मोड लिन खोज्दा अनियन्त्रित भई सेतीखोँचमा दुर्घटना हुँदा ६६ जनाको मृत्यु भएको छ भने ६ यात्रु अझै बेपत्ता छन्।

दुर्घटनापछि आइतबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले आज सोमबारलाई राष्ट्रिय शोक घोषणा गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

 

Share Now

Leave a comment.