Prakash Adhikari January 15, 2023

 

पोखरा(कास्की), १ माघ । पोखरामा आइतबार बिहान दुर्घटनामा परेको जहाज वरिष्ठ प्रशिक्षक क्याप्टेन कमल केसी र क्याप्टेनको प्रशिक्षणमा रहनुभएकी पाइलट अञ्जु खतिवडाले उडाउनुभएको थियो।

कमलले अन्जुलाई गाइड गरिरहनुभएको थियो र मुख्य भूमिकामा अञ्जु हुनुहुन्थ्यो ।

प्रशिक्षणका रुपमा अञ्जुको यो अन्तिम उडान थियो। यसअघि अञ्जुले पाइलट बन्नका लागि गर्नुपर्ने भद्रपुर, विराटनगर, धनगढी लगायत ठूला जहाज उडान हुने विमानस्थलमा सफल उडान गरिसक्नुभएको थियो।

नेपाल वायुसेवा निगमको जहाज पनि उडान गरेका क्याप्टेन केसीसँग अनुभव ३५ वर्ष लामो अनुभव थियो। उहाँले यसअघि नै पनि धेरै पाइलटलाई क्याप्टेनका लागि प्रशिक्षण दिनुभएको थियो।

क्याप्टेन बन्नका लागि प्रशिक्षकसँग कम्तिमा १ सय घण्टा उडान भरेको हुनुपर्छ।

काठमाडौंदेखि नै अञ्जुलाई कमलले देब्रेतर्फको जिम्मा दिनुभएको थियो । जहाज उडान र अवतरणमा सबै भूमिका देब्रेतर्फबाटै हुने भएकोले मुख्य भूमिका नै यो उडानमा अञ्जुमा निहित थियो ।

जहाज पोखरा उपत्यका प्रवेश गरेर अवतरणको लागि एअरपोर्ट नजिक मोडिदा ढल्कन पुगेको थियो । मुख्य भूमिकामा रहनुभएकी खतिवडा आत्तिनुभयो र सन्तुलन बिग्रन गयो । नयाँ अन्तर्राष्ट्रिय विमानस्थलले अवतरणको क्लियरेन्स दिंदादिंदै जहाज सेती खोचमा पुगेर बज्रियो । दुईवटा इन्जिन भएको जहाज एक इन्जिनले काम गर्न रोकिदा पनि कुशल पाइलटले सुरक्षित तवरले विमानस्थलमा अवतरण गराउन सक्छन् ।

आज दुर्घटना भएको विमानमा चालक दलका क्याप्टेन कमल के.सी. र पाइलट अञ्जु खतिवडा अनि एयरहोस्टेस सिर्जना होङ्चुन र ओसिन आलेमगर थिए । जहाजमा सवार ६८ यात्रुमा ५३ जना नेपाली, १५ जना विदेशी सवार थिए।

विदेशी नागरिकमा ५ जना भारतीय, रुसका ४ जना, कोरियाका २ जना, आयरल्याण्डका , अर्जेन्टिना , अष्ट्रेलिया र फ्रान्सका एक एक जना सवार थिए।

१५ दिन अघि मात्रै उडान सुरु भएको अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार उडानको समयमा मौसमको कुनै समस्या थिएन। धमाधम उडान भइरहेका थिए। र सो जहाज पनि बिहान काठमाडौंबाट पोखरा पुगेर फर्किएको थियो। पोखराकै लागि यो दोस्रो उडान थियो।

त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार उक्त जहाजलाई अवतरणका अनुमति दिइसकेको थियो। सबै कुरा ठिक ठाकै हुँदा पनि विमान दुर्घटना हुनपुग्यो ।

सरकारले विमान दुर्घटना छानविन गर्न पूर्व सचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा ५ सदस्यीय समिति बनाइसकेको छ।

विमान दुर्घटनामा परेका ६८ यात्रु

नेपाली यात्रुः

किसान आचार्य
निशान्त आचार्य
शालिगराम आचार्य
सडकात अलिमिया
पूर्ण बहादुर गुरुङ
जितेन्द्र बहादुर कुँवर
एलिना बन्ड्रो
अनिशा बानियाँ
स्लक भट्ट
निरा छन्त्याल
आशिमा गुरुङ
अनुशा गुरुङ
बेलमान गुरुङ
विजयकुमार गुरुङ
जीवनकला गुरुङ
माया गुरुङ
लक्कि गुरुङ
शिवकुमार गुरुङ
सिता गुरुङ
यमुना गुरुङ
यास्मिन गुरुङ
रविन हमाल
सन्जय जैसवाल
सोनु जैसवाल
रचना काफ्ले
सीता कुमारी खड्का
अनिल कुमार राजभार
भगवती कुँवर
अविशेक कुश्वाह
ओम माया गुरुङ
सुस्मा पाण्डे
हरि परियार
लक्ष्मी परियार
रिता परियार
अरुण पौडेल
लक्ष्मी पौडेल
प्रसिद्धि पौडेल
त्रिभुवन पौडेल
पोजन राना
सविना रायमाझी
राजन सापकोटा
अनिल शाही
संगिता शाही
जमुना शर्मा
विशाल शर्मा
युवराज शर्मा
मोहन श्रेष्ठ
डा। शोना दिवाकर
बन्दना सुनार
राजुसिंह ठकुरी
चुर्ण थापा
गणेश थापा
लवराज तिमिल्सिना

 विदेशी यात्रु

मेरोल लभ
आयूरी ल्यागीन
भिक्टर ल्यागीन
जेनितसन्डरा पालाभेकिनो
भिक्टोरिया अतुनिना
इलिना बण्डुरो
रुअनकालुम क्रिघ्टोन
एलेक्जेण्डर आइरिडोरे

शिशुहरु

कृष परियार
प्रसिद्धी पौडेल
आयुर्दि शर्मा
बेबी शर्मा
अन्य दुईजना शिशुहरुको नाम खुलेको छैन।

Share Now

Leave a comment.