काठमाडौं, २ माघ । प्राइम लाइफ, गुँरास लाइफ र युनियन लाइफ इन्स्योरेन्सबीच मर्जर सम्झौता भएकोछ ।
आइतबार तीनवटै कम्पनीको संयुक्त मर्जर कमिटिबीच मर्जर सम्झौता भएको हो ।
मर्जरपछि बन्ने नयाँ कम्पनीको नाम हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी हुनेछ । तीनवटै कम्पनीले १ः१ः१ को स्वाप रेसियोमा मर्जर सम्झौता गरेका छन् ।
मर्जरपछि बन्ने नयाँ कम्पनीको अध्यक्षमा युनियन लाइफ इन्स्योरेन्सका सुलभ अग्रवाल रहनुहुनेछ भने सीईओको जिम्मेवारी युनियन लाइफकै वर्तमान सीईओ मनोज कुमारलाल कर्णले सम्हाल्ने हुनुभएको छ ।
त्यस्तै, नयाँ कम्पनीको डेपुटी सीईओको जिम्मेवारी गुराँस लाइफका सीईओ र प्राइम लाइफका कामु सीईओले सम्हाल्नु हुनेछ।
मर्जरपछि बन्ने नयाँ कम्पनीको पूँजी ७ अर्ब ६९ करोड पुग्नेछ । तीनवटै कम्पनीबीच गत बैशाखमा मर्जरको प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको थियो ।


















