Prakash Adhikari January 16, 2023

 

हेटौडा(मकवानपुर), २ माघ । बागमती प्रदेशको उपसभामुखमा नेकपा एमालेकी अप्सरा चापागाईं विजयी हुनुभएको छ।

सोमबार प्रदेश सभा सचिवालयमा भएको निर्वाचनमा सत्ता गठबन्धनकी साझा उम्मेदवार चापागाईं निर्वाचित हुनुभएको हो।

उपसभामुखमा तीनजनाको उम्मेदवारी दर्ता भएको थियो । एमालेकी चापागाईं, काङ्ग्रेसकी सुना परियार र नेमकिपाकी गीता काफ्लेले उम्मेदवारी दर्ता गर्नुभएको थियो।

मतदानमा चापागाईंले ६१ मत प्राप्त गर्दै उपसभामुखमा निर्वाचित हुुनुभयो।

उहँले एमालेको २७, माओवादीको २१, राप्रपाको १२ र हाम्रो नेपाली पार्टीको २ गरि मत प्राप्त गर्नुभयो।

निर्वाचित चापागाईं ललितपुरबाट समानुपातिकतर्फ निर्वाचित भएकी हुन्।

Share Now

Leave a comment.