Prakash Adhikari January 16, 2023

 

काठमाडौं, २ माघ । आइतबार पोखराको सेती नदी खोंचमा यति एअरलाइन्सको ९ एन एएनसी संकेत नम्बरको एटीआर ७२ -५०० सेरिजको जहाज दुर्घटनाग्रस्त भएपछि नेपालमा सञ्चालित सबै एटीआर बिमानको प्राविधिक परीक्षण सम्पन्न भएको छ ।

प्राविधिक परीक्षणमा कुनै पनि जहाजमा कुनै पनि प्राविधिक कमजोरी नभेटिएको नेपाल नागारिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताउनुभएको छ ।

नेपालमा अब यती एअरलाइन्सका ५ र बुद्ध एअरका १४ वटा एटीआर विमान सञ्चालनमा छन्

माघ २ गतेका लागि यती एअरलाइन्सले दुर्घटनाको ‘शोकमा’ भन्दै आफ्ना सम्पूर्ण उडानहरू रद्द गरेको छ।

यती एअरलाइन्ससँग हाल सबै एटीआर कम्पनीका एकै प्रकारका ७२ सीट क्षमताका जहाज छन्।

ूउक्त कम्पनीसँग बाँकी रहेका ५ एटीआर र बुद्ध एअरका १४ गरी १९ वटाको जाँच गर्दा त्यसमा कुनै समस्या देखा परेन,ू नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले भन्नुभयो।

नेपालमा एटीआर कम्पनीका एटीआर ४२ र एटीआर ७२ विमानहरू सञ्चालनमा छन्।

आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले समेत ‘सबै हवाई जहाजहरूको प्राविधिक परीक्षण अनिवार्य गर्न’ निर्देशन दिँनुभएको थियो । त्यसको अनुगमनको जिम्मेवारी नागरिक उड्डयन प्राधिकरणलाई दिइएको थियो।

प्राविधिक परीक्षणमा नेपालका सबै वायुसेवा कम्पनीका जहाजका लागि नियमित उडान योग्यताका लागि चाहिने दैनिक परीक्षण, उडानपूर्व गरिने परीक्षण, निश्चित अन्तरालमा अनिवार्य गर्नुपर्ने आवधिक परीक्षण जस्ता अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्ड तथा सिफारिस र वायुयान निर्माता कम्पनीको मापदण्ड अनुसार हुने कामहरु पर्दछन् ।

छानबिन सुरु

घटनास्थलबाट सङ्कलन गरिएको गरिएको उडानका विवरण र ककपिटमा भएका संवाद रेकर्ड हुने ब्ल्याक बक्स सोमवार नै जाँचबुझ आयोगलाई बुझाइएसँगै उसको काम सुरु भएको बताइएको छ।

मन्त्रिपरिषद्ले दुर्घटना भएकै दिन आइतबार पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरेको संयोजकत्वमा एक जाँचबुझ आयोग गठन गरेको थियो।

समितिका सदस्य सचिव रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानले आफूहरूको जाँचबुझ ुसुरु भइसकेकोु र ुकेही संवेदनशील तथ्यगत समस्या पाइएमा अन्तरिम प्रतिवेदन समयसीमा अगावै बुझाउन सकिनेु बताउनुभएको छ।

पाँच सदस्यीय उक्त समितिलाई ४५ दिनभित्र दुर्घटनाको कारण र आगामी दिनमा त्यसो हुन नदिनका लागि सुझावहरू पेस गर्न भनिएको छ।

आयोगका सदस्यहरू अध्ययनका लागि मङ्गलवार पोखरा जाने कार्यसूची रहेको बताइएको छ।

Share Now

Leave a comment.