हेटौडा(मकवानपुर), ३ माघ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाउनुभएको छ।
मंगलबार भएको मतदानमा १ सय १० सदस्यीय बागमती प्रदेश सभाका १ सय ५ सदस्यले मुख्यमन्त्री जमकट्टेललाई विश्वासको मत दिएका छन्। बहुमतका लागि उहाँलाई ५६ मत भए पुग्थ्यो।
उहाँको विपक्षमा ३ जनाले मात्रै मत दिए। सभामुख भुवनकुमार पाठक विश्वासको मतमा सहभागी हुनुभएन। राप्रपाको एक संसद भने अनुपस्थित रहनुभएको थियो।
प्रदेशसभाको ७ वटा राजनीतिक दलमध्ये ३ सदस्यीय नेपाल मजदुर किसान पार्टी मात्रै मुख्यमन्त्रीको विश्वासको मतको विपक्षमा उभिएको हो।
मुख्यमन्त्री जमकट्टेललाई नेपाली कांग्रेसका ३७, नेकपा एमालेका २७, नेकपा माओवादी केन्द्रका २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, नेकपा एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ जना सांसदहरुले विश्वासको मत दिनुभएको थियो ।


















