Prakash Adhikari January 18, 2023

बीरेन्द्रनगर(सुर्खेत), ४ माघ । कर्णाली प्रदेशमा आज उपसभामुखको निर्वाचन हुँदैछ ।

सभामुख नन्दा गुरुङले प्रदेश सभा नियमावली २०७९ को उपनियम ९ बमोजिम दिउँसो १ बजेका लागि उपसभामुखको निर्वाचन तोक्नुभएको छ ।

सभामुख गुरुङले प्रदेश सभा नियमावली ०७९ को उपनियम ९ को १ बमोजिम निर्वाचन सम्बन्धी सूचना प्रकाशित गर्न प्रदेश सभा सचिवालयका प्रमुख सचिव जीवराज बुढाथोकीलाई निर्देशन दिइसक्नुभएको छ ।

त्यसैगरी, सभामुख गुरुङले कर्णाली प्रदेश प्रमुखको कार्यालयले पुस २८ गतेको मन्त्रिपरिषद् विस्तारसम्बन्धी पठाएको पत्र वाचन गर्दै मुख्यमन्त्री राजकुमार शर्मालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको साथै सामाजिक विकास, भूमि व्यवस्था, कृषि तथा सहकारी, भौतिक पूर्वाधार तथा सहरी विकास, आन्तरिक मामिला तथा कानुन, उद्योग, पर्यटन, वन तथा वातावरण, आर्थिक मामिला तथा योजना र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको जिम्मेवारी पाउने गरी कार्यविभाजन गरिएको बताउनुभयो ।

मङ्गलबहादुर शाही र विनोदकुमार शाहलाई बिना विभागीयमन्त्री बनाइएको छ।

Share Now

Leave a comment.