Prakash Adhikari January 19, 2023

 

काठमाडौं, ५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इसा अवार्ड जितेका वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतले राज्यसँग गरेका अपेक्षालाई गम्भीरतापूर्वक लिने बताउनुभएको छ ।

बिहीबार सामाजिक संजालमार्फत डा. रुइतलाई बधाई दिँदै प्रधानमन्त्रीले मानव कल्याण्को क्षेत्रमा उहाँको योगदान देशकै लागि प्रतिष्ठित र प्रशंसनीय रहेको उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्रीले भन्नुभएको छ, ‘वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतले प्रतिष्ठित इसा अवार्ड प्राप्त गर्नुभएकोमा हार्दिक बधाइ ज्ञापन गर्दछु । मानव कल्याणको क्षेत्रमा उहाँको योगदान देशकै लागि प्रतिष्ठित र प्रशंसनीय छ। राज्यसँग उहाँले गरेका अपेक्षालाई सरकारले गम्भीरतापूर्वक लिनेछ ।’

आँखाको ज्योति गुमाएका करिव २ लाख नागरिकालाई सुन्दर संसार देखाउन सफल रुइतलाई मंगलबार विश्वप्रसिद्ध इसा अवार्डले सम्मान गर्ने घोषणा गरिएको हो ।

बहराइनका पूर्वराजा शेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ का लागि १ सय ४९ व्यक्ति तथा संस्थाको नाम छानिएको थियो ।
फाइनलमा पुगेका ६ वाट निर्णाँयक मण्डलीले यसका लागि सर्वोत्कृष्ट पात्र डा. रुइतलाई चयन गर्यो ।

पुरस्कारको राशी १० लाख अमेरिकी डलर रहेको छ ।

Share Now

Leave a comment.