काठमाडौं, ७ माघ । प्रतिनिधिसभाको उपसभामुख चयनका लागि आज चुनाव हुँदै छ। त्यसका लागि दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ।
बैठकमा सत्ता गठबन्धनबाट हिजै उम्मेदवारी दर्ता गराएका इन्दिरा रानामगर र कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनबाट मुक्ताकुमारी यादवलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुनेछन्।
२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा बहुमत ल्याउने उम्मेदवार उपसभामुख पदमा हुनेछन् ।
सभामुख पदको निर्वाचनमानेकपा एमालेका सांसद देवराज घिमिरे विजयी भएर कार्यभार सम्हालिसक्नुभएको छ ।


















