Prakash Adhikari January 21, 2023

पोखरा(कास्की), ७ माघ । नेपालका चर्चित कलाकाल सन्दीप क्षेत्री माघ १२ गते पोखरा आउने भएका छन् । तराइ विद्यार्थी सेवा समाज पोखरा विश्वविद्यालयले सरस्वती पूजाको दिन गर्ने सांस्कृतिक मेला २०७९ मा सहभागी हुन उनी आउन लागेका हुन् ।

संस्कृति मेलाका पूवकार्यक्रमहरु पौषको तेस्रो हप्तादेखि अयोजना शुरू भईसकेको छन् । माघ १२ गते सरस्वती पूजाको दिन सो कार्यक्रमको समापन गरिने छ ।

पोखरा विश्वविद्यालयको इतिहासमा पहिलो पटक हुन लागेको यस कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्न कलाकार क्षेत्रीले अपील गरेका छन् । उनले सबैलाई यस कार्यक्रममा साथ र सहयोग दिन आग्रह गर्दै हाँस्न तयार रहन पनि ए भिडिओमार्फत अपील गरेका छन् ।

Share Now

Leave a comment.