Prakash Adhikari January 21, 2023

 

काठमाडौं, ७ माघ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ ।

इटहरीस्थित जनता क्रिकेट पार्क मैदानमा शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिमले प्रदेश–१ लाई ६ विकेटले हराउदै उपाधि जितेको हो ।

प्रदेश–१ले दिएको १ सय २ रनको लक्ष्य सुदूरपश्चिमले १९.५ ओभरमा ४ विकेटको क्षतिमा १ सय २ रन बनाएर हासिल गरेको थियो । सुदूरपश्चिमको जितमा सम्झना खड्काले अविजित २७ रन बनाईन् । डली भट्टले २२, कविता जोशीले अविजित १९ र कविता कुँवरले १२ रन योगदान दिए ।

सुदूरपश्चिमलाई रोक्न बलिङमा प्रदेश–१ का सबनम राई, सङ्गीता राई, रुबिना क्षेत्री र हिरान्मायी रोयले एक एक विकेट लिए।

 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश–१ ले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय १ रन बनाएको थियो । प्रदेश–१ का लागि काजल श्रेष्ठले अविजित ४८ रन बनाईन् । अप्सरी बेगमले १५ र कप्तान रुबिना क्षेत्रीले १४ रन जोडिन्। बलिङमा सुदूरपश्चिमकि मनिषा चौधरीले दुई विकेट तथा ऋतु कोनुजियाले एक विकेट लिईन् ।

उपाधिसँगै सुदूरपश्चिम प्रदेशले ५ लाख रुपियाँ पुरस्कार पाएको छ । उपविजेता प्रदेश–१ ले तीन लाख रुपैयाँ प्राप्त गरेका छ ।

प्रतियोगिताकै उत्कृष्ट खेलाडी सुदूरपश्चिमकी कविता कुँवर घोषित भइन । उनले ३० हजार रुपैयाँ प्राप्त गरिन। साथै कविताले सुनसरी प्लेअर अफ द च्वाइस घोषित हुँदै यामाहा फसिनो स्कुटर हात पारिन्। कविता प्रतियोगिताको उत्कृष्ट ब्याटर हुँदै थप २० हजार रुपैयाँ जितिन । सुदूरपश्चिमकी मनिषा चौधरी उत्कृष्ट बलर घोषित भइन। उनले पनि २० हजार रुपैयाँ हात पारिन्।

नेपाल क्रिकेट सङ्घ ९(क्यान)को आयोजनामा सम्पन्न प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको थियो ।

 

Share Now

Leave a comment.

Your email address will not be published. Required fields are marked*