Prakash Adhikari January 23, 2023

काठमाडौं, ९ माघ। सुपर मादी हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधरणमा आइपीओ निष्कासन खुला गरेको छ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित र वैदेशिक रोजगारिमा गएका नेपालीका लागि आइपीओ बाँटफाँट गरी दोस्रो चरणमा सर्वसाधरणका लागि आइपीओ बिक्री खुलाएको हो।

कम्पनीले जारी पुँजी २ अर्ब १० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता सर्वसाधरणका लागि छुट्याएको हो।

कम्पनीले सर्वसाधरणका लागि छुट्याएको सेयर मध्ये २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि, १ लाख ५ हजर कित्ता सामुहिक लगानीहरुमा बिक्री गरी बाँटफाँट गरिसकेको छ। भने उक्त सेयरको २ प्रतिशत अर्थात ४२ हजार कित्ता कम्पनीमा कर्यरत कर्मचारीहरुका लागि छुट्याइएको छ।

त्यसबाहेक बाँही रहेको १७ लाख ४३ हजार कित्तामा सर्वसाधरणमा बिक्री गर्न लागिएको हो। यहि सेयरमा आजबाट सर्वसाधरणले आवेदन दिन पाउने छन्।

यो आइपीओ बिक्री अवधि माघ १२ गतेसम्म रहेको छ। लगानीकर्ताले अंकित मूल्य प्रति कित्ता १०० का दरले न्युनतम १० कित्ता र अधिकता १०० कित्ता सम्मका लागि आवेदन दिन सकिन्छ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।

कम्पनीले कास्की जिल्लाको नामार्जुन र पार्चे गाँउमा ४४ मेगावाट जडित क्षमताको जलविद्युत आयोजना निर्माण गरेको छ ।

Share Now

Leave a comment.