Prakash Adhikari January 23, 2023

 

काठमाडौं, ९ माघ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठलाई नियुक्त गरेको छ।

नवनियुक्त उपाध्यक्ष श्रेष्ठले आजै पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

आज (सोमबार) सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ गराउनुभएको हो।

यसअघि २०७३ मा प्रचण्ड प्रधानमन्त्री भएका बेला श्रेष्ठ नै योजना आयोग उपाध्यक्ष हुनुहुन्थ्यो।

उहाँ नेपाल राष्ट्र बैंकका अवकाशप्राप्त कार्यकारी निर्देशक हुनुहुन्छ ।

Share Now

Leave a comment.