Prakash Adhikari March 28, 2018

काठमाडौं १४ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार र ढिलासुस्ती विरुद्ध आआफ्नो ठाँउबाट हस्तक्षेप गरेर अगाडि बढ्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट(को सातौ महाअधिवेशनको समुद्घाटन भाषणमा सो कुरा बताएका हुन् ।

उनले सरकारका हरेक अभियान अब हमलाको शैलीमा अघि बढ्ने बताउदै भने“यसपाली म एकजना बालिकालाई विद्यालय भर्ना गराउछु र देशैभरीका जनप्रतिनिधिलाई पनि त्यसै गर्न लगाउछु” । उनले जिफन्टलाई पनि निराक्षरताविरुद्ध सक्रिय भएर लाग्न आग्रह गर्दै भने, यसपाली बैसाख ५ गते निरक्षरता विरुद्ध हमला गरौं ।”

उनले भ्रष्टाचार नियन्त्रण,ढिलासुस्ती र विकास निर्माणका कार्यलाई गति दिन सबैले आआफ्नो ठाँउबाट हस्तक्षेप गर्न आग्रह गरे ।

उनले मुलुकको सबैभन्दा पिछडिएको कर्णाली प्रदेशबाट समृद्धि र विकासको विगुल फुक्ने बताए । “कर्णाली प्रदेशले आयोजना गरेको पयर्टन बर्ष २०७५ को पहिलो पर्यटक म नै हुन्छु” प्रधानमन्त्री ओलीले भने “राराबाट यसपाली पर्यटनको बिगुल बजाइनेछ ।”

उनले समृद्ध नेपालको मुख्य आधार पर्यटन भएकोले त्यसको प्रवद्र्धनमा सबै एकजुट भएर लाग्नु पर्ने बताए ।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले वर्तमान सरकार अघिल्ला सरकार जस्तो नियमित नीति र गतिमा मात्र सञ्चालन नहुने दावी गरे ।
“यो सरकार भिन्न नीति र गतिमा सञ्चालन हुन्छ” प्रधानमन्त्री ओलीले थपे “यो सरकारले नेपाल बनाउछ । केही बर्षमा मानिसहरुले नेपाललाई सिंगापुर र स्विटजरल्याण्ड जस्तो भन्नेछन् ।”

प्रधानमन्त्री ओलीले वर्तमान सरकार जनताको सेवक भएकोले कसैलाई दमन नगर्ने तर हत्या,हिंसा,चन्दाको माध्यमबाट समाजलाई आतंकित पार्नेहरुलाई नछोड्ने बताए । “सरकार जनताको सेवक हो, कसैलाई दमन गर्दैनु प्रधानमन्त्रीले भने,ु तर जनतालाई दुःख दिने,आतंक फैलाउनेहरुलाई चाँही छोड्दैन ।”

प्रधानमन्त्री ओलीले जिफण्टले राष्ट््िरय राजनीतिमा ठूलो प्रभाव नपारे पनि उसका बिचारले राजनीति प्रभावित भएको बताए । “समाजको गरिखाने बर्गलाई अधिकार दिलाउने,उनीहरुको उत्थान गर्ने काममा जिफन्टको महत्वपूर्ण भूमिका छ” प्रधानमन्त्री ओलीले भने “अहिलेको सरकारको प्राथमिकता पनि त्यही हो ।”

प्रधानमन्त्री ओली कर्णाली प्रदेशले आयोजना गरेको पर्यटन बर्ष २०७५ को उद्ध्घाटन गर्न रारा ताल जाने कार्यक्रम छ । उनले त्यहीबाट देशबासीलाई सम्बोधन गर्नेछन्।

Share Now

Leave a comment.