Prakash Adhikari March 28, 2018

नेपालगन्ज(बाँके), १४ चैत । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काम चलाउ शैलीबाट काँग्रेसलाई बलियो र संगठित बनाउन नसकिने बताएका छन् ।

नेपाल प्रेस युनियन, बाँकेद्धारा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले“विधिलाई कुल्चेर नेतृत्व व्यक्तिवादी भएका कारणले नै काँग्रेसको सांगठनिक अवस्था कमजोर भएको ” बताए

नेता सिंहले नेपाली काँग्रेसलाई जीवन्त बनाउने अहिलेको नेतृत्व परिवर्तन अपरिहार्य रहेको रटालटुले कुरा तथा व्यवहारका कारणपार्टीले निर्वाचनमा नराम्रो पराजय भोग्नु परेको जिकिर गरे ।

पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफमा उनले काँग्रेसभित्र आमूल परिवर्तनको खाँचो भएको र त्यसका लागि नयाँ नेतृत्वसहित संरचनागत अवस्थामा सुधार गर्नुपर्ने बताए ।

अर्को एक प्रश्नको जवाफमा नेता सिंहले वर्तमान ओली सरकारका गतिविधि जनवादको पूर्व अभ्यास जस्तो देखिएको बताए ।

नेता सिंह नेपाल ट््रेड यूनियन कंग्रेस बाँके जिल्लाको अधिवेशनको उद्घाटनका लागि नेपालगञ्ज आएका हुन् ।
उनी अधिवेशनको उद्घाटन गरी शुभकामना दिएर बुधबारै राजधानी फर्किएका छन् ।

Share Now

Leave a comment.