Prakash Adhikari January 24, 2023

काठमाडौं, १० माघ । साताको तेस्रो तथा शेयर कारोबार भएको दिन मंगलबार नेप्से परिसूचक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन ओरालो लागेको नेप्से यस दिन सामान्य अंक बढेर बन्द भएको हो।

यस दिन नेप्से परिसूचक ८.१४ अंक बढेर २१७३.२४ विन्दुमा पुगेको छ।

नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन करिब ४ अर्ब बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २ सय ४८ कम्पनीको ८३ लाख १ सय ८७ शेयरको किनबेचबाट ३ अर्ब ३२ लाख ३० हजार ३९ रुपैयाँ ४४ पैसाको कारोबार भएको छ।

मंगलबार नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भई बर्गीकरणमा परेका १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ४ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिड.,उत्पादन तथा प्रशोधन,म्युचुअल फण्ड र लगानी उपसमूहको उपपरिसूचक घटेको छ भने अन्यको बढेको छ ।

Symbol Current Chng Chng %
1,414.66 -2.15 -0.15
3,843.09 4.60 0.12
1,876.94 70.04 3.88
3,231.36 10.55 0.33
2,668.75 28.13 1.07
69.16 -0.44 -0.64
10,627.48 1.57 0.01
5,215.90 -3.74 -0.07
4,790.53 4.20 0.09
14.74 -0.32 -2.10
9,155.43 60.16 0.66

यस दिन सानिमा जिआईसी इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो इन्स्योरेन्सको शेयरमूल्य यस दिन ४० रुपैयाँ ४० पैसा बढेर ४ सय ४४ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस दिन सूर्योदय लघुवित्त र शिवश्री हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन मूल्य बढेका अन्य कम्पनीहरुमा गुहेश्वरी मर्चेण्ट फाइनान्स, मल्टिपर्पोज फाइनान्स, आदर्श लघुवित्त,उपकार लघुवित्त, पोखरा फाइनान्स,समृद्धि फाइनान्स र नेपाल फाइनान्स रहेका छन् ।

 

Share Now

Leave a comment.